सुशान्त र श्रद्धाको ‘छिछोरे’को कमाई ३१ दिनमा डेढ सय करोड

एजेन्सी– नितेश तिवारीको निर्देशन रहेको बलिउड चलचित्र ‘छिछोरे’ले १५० करोडको व्यापार गरेको छ।

सेप्टेम्बर ५ बाट प्रदर्शनमा आएको चलचित्रले ३१ औँ दिनमा १ सय ५० करोडको व्यपार पूरा गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्श ट्वीटबाट जानकारी दिएका छन्।

विज्ञापन

आदर्शका अनुसार ‘छिछोरे’ले पाँच दिनमा ५० करोडको व्यापार गरेको थियो। यस्तै नौ दिनमा ७५ करोड, १२ दिनमा १०० करोड, १७ दिनमा १ सय २५ करोड र ३१ दिनमा १५० करोडको आँकडा पूरा गरेको उनको भनाई छ।

चलचित्रको राम्रो माउथ पब्लिसिटीका कारण व्यापारमा सहयोग पुगेको बताइएको छ। चलचित्र विश्लेषकले समेत चलचित्रको तारिफ गरेका छन्। चलचित्रमा कलेज जीवन र सहपाठीहरुसँगको सम्बन्धलाई देखाइएको छ।

‘छिछोरे’मा सुशान्तसिंह राजपूत र श्रद्धा कपूरका साथै वरुण शर्मा, ताहिर राज भासिन, नविन पोलिशेट्टी, तुषार पाण्डे लगायतको मुख्य अभिनय रहको छ।

नितेश तिवारीले यसअघि आमिर खानको चलिचित्र ‘दंगल’को निर्देशन गरेका थिए। ‘दंगल’ बलिउडको सर्बाधिक सफल चलचित्र हो।

अशोज २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्