मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना, कहाँ कहाँ?

काठमाडौँ – देशभर बुधबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आंशिक देखि सामान्य बदली भएर देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज राति पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पश्चिम बंगलको आसपास रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वि र मध्य भूभागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्