दसैँको टीका जमरा लगाउने क्रम आज पनि जारी

काठमाडौँ – विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन धेरै ठाउँमा छ ।

आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ । सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास अनुसार यो पर्व भब्यरुपमा मनाइन्छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।

विज्ञापन

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने दसैँ हिन्दु नेपालीहरुको मुख्य पर्व हो ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्