सेल्फी खिच्ने क्रममा चिप्लिएपछि नवदुलहीसहित चारजनाको मृत्यु

भारतको तमिलनाडुमा सेल्फी खिच्ने क्रममा नवदुलहीसहित चारजनाको मृत्यु भएको छ । तमिलनाडुस्थित एक बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएपछि यो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा, २२ वर्षीया स्नेहा, २० वर्षीया कन्निगा र १४ वर्षका सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ ।  नवदुलाहा २५ वर्षीय जी पेरुमाल्सामी र उनकी बहिनी १५ वर्षीया युवारानी पेरुमाल्सामी भने जोगिन सफल भएका छन् ।

विज्ञापन

६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए। ती व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि ताने।

ती महिलाका पतिले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबे।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्