सी को भारत भ्रमणअघि चीनले भन्योः ‘कश्मीरको मुद्दा मिलेर सुल्झाउनुपर्छ’

चिनियाँ राष्ट्रपति सी जिनपिंगको सम्भावित भारत भ्रमण भन्दा पहिले चीनले पाकिस्तान र भारतले मिलेर कश्मीरको समस्या सुल्झाउनु पर्ने बताएको छ ।पाकिस्तानका प्रधानमन्त्री इमरान खान यतिबेला चीन भ्रमणमा छन् । यसबीचमा चीनले भनेको छ कि कश्मीरको मुद्दा दिल्ली र इस्लामाबादका बीच हल गरिनुपर्छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले सी जिनपिंगको भारत यात्राका बारेमा कुनै आधिकारिक घोषणा गरेनन् । तर चिनियाँ अधिकारीहरुले अनौपचारिक रूपमा भनेका छन् कि भ्रमणबारे बुधबार आधिकारिक घोषणा हुनसक्छ ।

विज्ञापन

चिनियाँ विदेश मन्त्रालयले सी को भ्रमणबारे एक विशेष छलफलका लागि मिडियालाई पनि बोलाएको थियो । सो क्रममा सोधिएको प्रश्नमा कश्मीर मुद्दाबारे भारत र पाकिस्तानले मिलेर नै हल गर्नुपर्ने धारणा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंगले राखेका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिंग भारत हुँदै नेपाल भ्रमणमा आउने छन् । उनको स्वागतका लागि नेपालमा पनि सरकारले भव्य तयारी गरिरहेको छ ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्