र‌ंगभेदी व्यवहार भए खेल बीचमै छाड्ने इङ्ल्यान्ड फुटबल टोलीका खेलाडीको चेतावनी

लन्डन : इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका सदस्य ताम्मी अब्राहमले युरो कप छनोटअन्तर्गत यसै साता चेक गणतन्त्र र बुल्गेरियासँग हुने खेलका क्रममा रंगभेदी व्यवहार भए आफुहरु बीचमै मैदान छाड्ने तयारी रहेको बताएका छन्।

रंगभेदी व्यवहार झल्कने कुनै कुरा सुनिए मात्र पनि खेल बन्द गर्ने तयारी रहेको अब्राहमको चेतावनी छ। बुल्गेरियामा चेक गणतन्त्र र कोसोभोविरुद्ध भएका खेलमा रंगभेदी व्यवहार भएका थिए गत जुनमा।

विज्ञापन

युरोपियन फुटबल महासंघले दुई वटा बुल्गेरियन क्लबलाई रंगभेदी व्यवहारको आरोपमा जरिवाना र कारबाही समेत गरेको थियो।

अब्राहम भन्छन् : यदी हामीमध्ये कसैलाई त्यस्तो व्यवहार हुन्छ भने त्यो सबैलाई भएजस्तो हो।

 

 

 


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्