स्वर्गीय पत्रकार शाहीको सम्झनामा फलफुल तथा खाद्यान्न वितरण

कैलाली – कैलालीको अत्तरियामा रहेको सुदुरपश्चिम समावेशी आधारभुत विद्यालयमा स्वर्गीय पत्रकार कर्ण शाहीको सम्झनामा फलफुल तथा खाद्यान्न वितरण गरिएको छ ।

शारीरिक रुपमा अशक्त छात्र तथा छात्राहरु अध्ययनरत सो विद्यालयमा स्वर्गीय पत्रकार शाहीका भाइ प्रकाशबहादुर शाहीले उक्त सामग्री वितरण गरेका हुन् ।स्वर्गीय पत्रकार शाहीका आमा गोमादेवी शाहीले विद्यालयमा अध्ययनरत बालबालिकालाई फलफुल तथा खाद्यान्न हस्तान्तरण गरेकी थिइन् ।

आर्थिक अभियान दैनिकका तत्कालिन सुदुरपश्चिम व्युरो प्रमुख पत्रकार शाहीको २०७१ असोज २० गते दसैँ मनाएर जन्मथलो डोटीको जोरायलबाट कार्यथलो धनगढी फर्कर्दै गर्दा बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

आफ्ना स्वर्गीय दाजुको सम्झनामा हरेक वर्ष आर्थिक रुपमा कमजोर बालबालिका तथा असहयहरुलाई फलफुल तथा खाद्यान्न वितरण गर्दै आएको भाइ प्रकाशले बताए ।

जोरायल बस दुर्घटनामा पत्रकार शाहीसहित २९ जनाको मृत्यु भएको थियो भने ६८ जना घाइते भएका थिए ।

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्