साफ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

काठमाडौं : तेस्रो दक्षिण एसियाली फुटबल महासंघ(साफ) यू १५ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बुधबार भारतसँग खेल्दै छ। थिम्पुमा हुने यो खेल अपरान्ह ३ बजे सुरु हुने छ।

प्रतियोगिताका अघिल्ला दुई संस्करणमा बंगलादेश र भारत विजेता बनेका थिए। बंगलादेशले पहिलो र भारतले दोस्रो संस्करण जितेको हो। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

विज्ञापन

प्रतियोगितामा बंगलादेश र भुटानसहित चार टोली सहभागी छन्।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्