फोटो फिचर

रातो टीका निधारमा टलक्कै टल्कियो…

काठमाडौँ – बडादसैँको मुख्य दिन हिजो हिन्दु नेपालीहरुले हर्षोल्लासका साथ टीका जमरा लगाएका छन् यो क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन धेरै ठाउँमा छ ।

सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास अनुसार यो पर्व भब्यरुपमा मनाइन्छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ ।

विज्ञापन

रातो टीका र जमरामा सजिएका नेपालीहरुको आज पनि बजारमा चहलपहल देखिन्छ । आज पनि मानिसहरु आफन्त तथा मान्यजनकहाँ टीका जमरा लगाउन र आशीर्वाद थाप्न पुग्ने गर्छन् ।

समृद्धिको प्रतिक मानिने रातो टीका र जमरामा सजिएकाहरुको केही तस्बिर देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।