चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तालिका सार्वजनिक

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ मा काठमाडौँ उत्रनेछन् । उनको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विज्ञापन

चिनियाँ राष्ट्रपतिको यो भ्रमणका क्रममा दुईपक्षिय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्