सन्दीपको पहिलो शिकार आक्रामक ब्याट्सम्यान केभिन ओब्रायन

काठमाडौं : ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपाल र आयरल्यान्डबीचको खेल अहिले भइरहेको छ।ओ

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २ ओभरमा एक विकेट गुमाएर ७ रन जोडेको छ। सन्दीप लामिछानेले आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई आउट गरे। ‌ओब्रायनले पाँच रन जोडे। दोस्रो ‌ओभरमा बलिङमा आएका सन्दीपले चौथो बलमा ओब्रायनलाई क्याच आउट गराए। आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो।

अघिल्ला दुवै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो।

तेस्रो खेलमा पनि नेदरल्यान्ड्सलाई हराएको थियो। ओमानजस्तै नेपाल पनि आयरल्यान्डविरुद्ध जित हात पार्ने प्रयाशमा हुने छ।

तियोगितामा नेपालको ब्याटिङ लय बाहिर देखिएको छ। अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा तल्लोक्रमका करन केसी एक्लैले त्यति रन जोडेर नेपाललाई रोमान्चक जित दिलाएका थिए।

ब्याटिङतर्फ पारस खड्का, विनोद भन्डारी र आरिफ शेखको प्रदर्शन सन्तोषजनक छ। पवन सर्राफ, रोहित पौडेल र दीपेन्द्रसिंह एेरी लय बाहिर छन्। बलरद्धय सन्दीप लामिछाने र करन केसी उच्च लयमा छन्।

तालिकामा ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट पनि समान ४ अंक छ।

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्