नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

फाइल तस्बिर।

काठमाडौँ – ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपाल र आयरल्यान्डबीचको खेल अहिले भइरहेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १४ ओभरमा तीन विकेट गुमाएर १०८ रन जोडेको छ। सन्दीप लामिछानेले आक्रामक ब्याट्सम्यान केभिन ओब्रायनलाई आउट गरे। ‌त्यस्तै ललित राजबंसीले अर्काे विकेट लिए । आयरल्याण्डका अर्का ब्याट्सम्यान रन आउट भए । आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो।

विज्ञापन

अघिल्ला दुवै खेलमा जित हात पारेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। पहिलो खेलमा हङकङलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा घरेलु टोली ओमानसँग स्तब्ध भएको थियो।

तेस्रो खेलमा पनि नेदरल्यान्ड्सलाई हराएको थियो। ओमानजस्तै नेपाल पनि आयरल्यान्डविरुद्ध जित हात पार्ने प्रयासमा हुने छ।

प्रतियोगितामा नेपालको ब्याटिङ लय बाहिर देखिएको छ। अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा तल्लोक्रमका करन केसी एक्लैले त्यति रन जोडेर नेपाललाई रोमान्चक जित दिलाएका थिए।

ब्याटिङतर्फ पारस खड्का, विनोद भन्डारी र आरिफ शेखको प्रदर्शन सन्तोषजनक छ। पवन सर्राफ, रोहित पौडेल र दीपेन्द्रसिंह एेरी लय बाहिर छन्। बलरद्वय सन्दीप लामिछाने र करन केसी उच्च लयमा छन्।

तालिकामा ओमान २ खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। आयरल्यान्डको ३ खेल र नेपालको दुई खेलबाट पनि समान ४ अंक छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्