बुवाको हत्या गरेको आरोपमा आमाछोरा पक्राउ

राजविराज – आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

विज्ञापन

पारिवारीक विवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो गफुर पमरियाको मृत्यु थियो ।

मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुवै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।

यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्