अमेरिकाले चिनियाँ अधिकारीलाई दिने भिसामा कडाई गर्ने

युगुर मुस्लिम समुदायमाथिको दमनमा संलग्न भएको आरोप लागेका चिनियाँ अधिकारीलाई अमेरिकाले भिसा नदिने तयारी थालेको छ।

गएको सोमबार अमेरिकाले युगुर समुदायमाथि भएको दमनमा संलग्न भएको आरोपमा चीनका २८ संस्थालाई कालो सूचिमा राखेको थियो।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ संस्थालाई कालो सूचिमा राखिनु र युगुर समुदायमाथिको दमनमा संलग्न भएको आरोप लागेका अधिकारीलाई भिसा दिने प्रक्रियामा कडाइ गरिने अत्यावश्यक अभियानको सुरुवात रहेको बताएका छन्।

अमेरिकाले चीनका २८ वटा संस्थालाई कालो सूचिमा राखेको छ। शिंजियांग प्रान्तका आदीबासी युगुर मुस्लिममाथिको दमनमा संलग्न रहेको आरोपमा अमेरिकाले चिनियाँ संस्थालाई कालो सूचिमा राखेको हो।

चीनले युगुर समुदायका मानिसलाई डिटेन्सन सेन्टरमा राखेको अधिकारवादी संस्थाले बताउने गरेका छन्।

चीनले भने बिस्तारित नजरबन्द क्याम्पलाई तालिम केन्द्र भन्ने गरेको छ। र अतिवाद वा आतंकवादबाट जोगिनका लागि प्रशिक्षण दिने गरेको दाबी गर्ने गरेको छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू