मोबाइल, ल्याप्टपदेखि कारमा समेत लाग्ने ब्याट्रीका लागि रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– रसायनशास्त्रतर्फ यो वर्षको नोबेल पुरस्कार तीन वैज्ञानिकले जितेका छन्। लिथियम आयोन ब्याट्रीको विकास गर्ने वैज्ञानिकहरुले जोन बी गुडइनफ, एम स्टान्ली व्हीटिङ्गहम र अकिरा योशिनोले संयुक्त रुपमा नोबेल पुरस्कार जितेका हुन्।

उनीहरुले पोर्टेबल इलेक्ट्रोनिक्स सामग्रीमा प्रयोग गर्न मिल्ने रिचार्जेवल ब्याट्री निर्माण गरेका हुन्। नोबेल पुस्कार पाउने मध्ये वैज्ञानिक गुडइनफ ९७ वर्षका छन्।

उनी नोबेल पुरस्कार पाउने सबैभन्दा बढी अमेरिका व्यक्ति बनेका छन्। तीन वैज्ञानिकले नोबेल पुरस्कार बापत पाउने सात लाख ३८ हजार पाउण्ड स्ट्रर्लिङ्ग बाँड्ने छन्। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले पुरस्कारको घोषणा गरेको हो।

पुरस्कार जित्ने वैज्ञानिकले बनाएको लिथियम–आयोन ब्याट्री हलुका, रिचार्जेवल र टिकाउ छ। यो ब्याट्री मोबाइल फोन, ल्याप्टपदेखि इलेक्ट्रिक कारमा समेत प्रयोग गर्न मिल्छ। वैज्ञानिकहरुले यो ब्याट्री बनाएर रिचार्जेवल वर्ल्ड सिर्जना गरेको नोबेल एकेडेमेलेले उल्लेख गरेको छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्