तेस्रो लिङ्गीको भूमिकामा देखिएका बलिउड अभिनेताहरु

बलिउडका कलाकार पात्रजस्तो देखिनको लागि आफूले गर्न सक्ने काम गर्छन्। स्टार कलाकार आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर जान्छन्।

अक्षय कुमारले पनि आफ्नो हरेक चलचित्रमा केही न केही नयाँ प्रयोग गर्छन्। उनी आफ्नो आउँदै गरेको चलचित्र ‘लक्ष्मी बाम्ब’ मा तेस्रो लिङ्गीको भूमिकामा देखिँदैछन्।

आफ्नो नियमित स्वरुपभन्दा बाहिर आएर तेस्रो लिङ्गीको भूमिकामा पर्दामा देखिनको लागि साहसको पनि आवश्यकता पर्छ। आफूलाई तेस्रोलिङ्गी पात्रको रुपमा प्रस्तुत गर्ने केही बलिउड अभिनेताहरु यसप्रकार रहेका छन्।

आशुतोष राणा – आशुतोष राणाले चलचित्र ‘संघर्ष’ मा तेस्रोलिङ्गीको भूमिका निभाएका थिए। यो चलचित्रमा उनको नाम लज्जा शंकर पाण्डे थियो। उनको पात्रले बच्चालाई अपहरण गरेर हत्या गर्छ। यो चलचित्रमा उनको पात्र धेरै खतरनाक छ।

सदाशिव अमरापुरकर – अभिनेता सदाशिव अमरापुरकरका ‘महारानी’ को पात्र आज पनि मानिसको मनमा जागै छ। यो पात्र निभाएपछि उनले धेरै अवार्ड जितेका थिए। संजय दत्त र पूजा भट्टको चलचित्र सडकमा उनले यो भूमिका निभाएका थिए।

महेश मांजरेकर – अभिनेत्री कंगना रनौत र पासर अरोडाको चलचित्र ‘रज्जे’ मा महेशले तेस्रोलिङ्गीको भूमिका निभाएर सबैको मन जितका थिए। यो चलचित्रमा उनले बेगमको भूमिका निभाएका थिए। जसले कोठी चलाउँथिन्। उनको अभिनयको धेरै प्रशंसा भएको थियो।

परेश रावल – बहुप्रतिभाशाली कलाकार परेश रावलले सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘तमन्ना’ मा तेस्रो लिङ्गीको भूमिका निभाएका थिए। यो चलचित्रमा पूजा भट्ट, शरद कपूर र मनोज बाजपेयी मुख्य भूमिकामा छन्।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्