बलिउड अभिनेता धमेन्द्रलाई डेंगी, तीन दिनको अस्पताल बसाईपछि डिस्चार्ज

एजेन्सी – बलिउड अभिनेता धर्मेन्द्रलाई डेंगी भएको छ। डेंगी भएपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।

तीन दिनको अस्पताल बसाईपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फिर्किएका छन्। जेठा छोरा सनी देओलले उनलाई घर लिएर गएका हुन्। उनी यतिबेला घरमा आराम गरिरहेका छन्। सनी देओल पनि उनको साथमै रहेकाे बताइएकाे छ।

अघिल्लो महिना उनका नाति करण देओलको चलचित्र ‘पल पल दिल के पास’ प्रदर्शन भएको थियो। उक्त चलचित्रको प्रमोशनका लागि उनी विभिन्न मञ्चहरुमा समेत पुगेका थिए।

प्रमाेशनका लागि  कमेडियन कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’मा समेत पुगेका थिए।

धर्मेन्द्र पछिल्लो पटक सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘यमला पगला दिवाना फिर से’मा देखिएका थिए। जसमा उनका दुई छोरा सनी देओल र बबि देओलको पनि अभिनय थियो।

असोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्