अमेरिकाले गरेको हवाई हमलामा अफगानिस्तानमा ३० सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणमा कम्तिमा ३० जना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

तालिबान विद्रोहीले सञ्चालन गरेको औषधि प्रयोगशालामा लक्षित गरी हवाई आक्रमण गरेको अमेरिकी दाबी छ। सो आक्रमणमा बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको ज्यान गएको हो।

विज्ञापन

गएको मे मा पनि यस्तै प्रकारको आक्रमणमा ३० जनाको ज्यान गएको विश्वसनीय जानकारी प्राप्त भएको तर त्यसलाई पुष्टि भने गर्न नसकिएको संयुक्त राष्ट्रसंघको भनाई छ।

तालिबानले सञ्चालन गरेको मेथामफेटमिनको ल्याबलाई लक्षित गरेर आफूले आक्रमण गरेको अमेरिकाले दाबी गरेको छ। सो ल्याबबाट तालिबानले लडाकुलाई आवश्यक पर्ने रकमको व्यवस्था गर्दै आएको थियो।

तर संयुक्त राष्ट्रसंघका अनुसार औषधि ल्याब र त्यसमा काम गर्ने कर्मचारीलाई लक्षित गरी आक्रमण गर्न नपाइने उल्लेख छ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्