फाेटाे फिचर

सुन्दरीजलमा गरियो दुर्गा विसर्जन

काठमाडाैँ– नवदुर्गामा विशेष पूजा गरेर त्यसको भोलिपल्ट अर्थात विजया दशमीको दिन मंगलबार देवीको प्रसादका रुपमा टीका तथा जमरा लगाइयो। त्यसको भोलिपल्ट बुधबार विभिन्न ठाउँमा दुर्गा विसर्जन गरिएको छ।

नौ दिनसम्म विशेष रुपमा पूजा गरी दसैँको दिन प्रसाद ग्रहण गरेपछि नदी तथा जलाशयमा लगेर दुर्गा विसर्जन गर्ने गरिन्छ। काठमाडौँको सुन्दरीजलमा भक्तजनले दुर्गा विसर्जन गरेका छन्।

विज्ञापन

दुर्गा विसर्जन गरिए पनि पूर्णिमासम्म टीका तथा प्रसाद लगाउने क्रममा भने जारी रहन्छ । देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले दुर्गा विसर्जनको तस्बिर खिचेका छन्।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्