जर्मनीको पूर्वी शहरमा अन्धाधुन्ध गोली प्रहार

जर्मनीको पूर्वी शहर हालेमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा संलग्न भएको आरोप लागेका एकजनाई पक्राउ गरेको छ ।

अरु आरोपित भने सवारी साधानमा भाग्न सफल भएको जनाइएको छ । सैन्य पोशाक लगाएका व्यक्तिले धेरै बन्दुक बोकेको र अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।

विज्ञापन

अर्का आक्रमणकारीले पेट्रोल बम तथा ग्रिनेड प्रहार गरेको प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् । आक्रमणपछि प्रहरीले स्थानीय बासिन्दालाई घर भित्रै रहन भनेको छ ।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्