९८ हजार रुपैयाँसहित तीनजना जुवाडे पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुरमा तीनजना जुवाडे पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा तास खेलिरहेका तीनजना पक्राउ परेका हुन् । अरु २–३ जना फरार भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनजनाको साथबाट ९८ हजार दुई सय रुपैयाँ नगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्री रहेका छन् ।

बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले साना खालहरुबाट जुवाडे पक्राउ परे पनि ठूलो खाल फेला नगरेको जानकारी दिए।

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू