दुई लाख १४ हजारसहित ११ जना जुवाडे पक्राउ

काठमाडौँ – काठमाडौँको टोखाबाट दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

टोखा–११ स्थित पूर्ण लिम्बुको घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। उनीहरुको साथबाट दुई लाख १४ हजार नगद तथा पाँच बुक तास बरामद भएको उनले जनाए ।

विज्ञापन

अशोज २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू