सरकारको विरोध गरेका विद्यार्थीको होस्टेलमै हत्या, चार घण्टासम्म लगातार कुटपिट

सरकारको विरोध गरेकै आधारमा बंगलादेशमा एक विद्यार्थीको हत्या भएको छ । स्नातक तहका ती विद्यार्थीले अनलाइनमा सरकारको आलोचना गरेका थिए । त्यसकै कारण छात्रबासमै उनको हत्या भएको हो ।

हत्यापूर्व अबरार फाहद नाम गरेका ती विद्यार्थीलाई कम्तिमा चार घण्टा लगातार कुटिएको खुलेको हो । उनलाई आक्रमणकारीले आइतबार बेलुका पौने ८ बजे कोठाबाट लगेका थिए ।

विज्ञापन

हत्या गरिएका २१ वर्षे फाहद राजधानी ढाकामा रहेको बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिंगमा अध्ययनरत थिए । उनको हत्यामा संलग्न रहेको आशंकामा बंगलादेश छात्र लिग (बिसिएल) का केही कार्यकर्ता पक्राउ गरेका छन् । बिसिएल सत्तारुढ पार्टी अवामी लिगको युवा संगठन हो ।

छात्रबासका विद्यार्थीहरुका अनुसार फाहद राति एक बजेर ५० मिनेट जाँदासम्म जीवितै थिए । उनी कुटाइका कारण गम्भीर अवस्थामा रहेको र अस्पताल लैजान आग्रह गरिरहेको अवस्थामा आफूले देखेको एक विद्यार्थीले बताएका छन् । त्यसको केही समयपछि उनको निधन भएको थियो ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्