‘सी’ भ्रमणमा नेपालको प्राथमिकताः सूर्यराजका पाँच सुझाव

डा. सूर्यराज आचार्य।

काठमाडौँ – २३ वर्षपछि शक्तिराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण भव्य पार्न सरकार लागि परेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिंगको स्वागतका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको छ ।

राष्ट्रपति सी को नेपाल भ्रमणका क्रममा दुईपक्षिय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भनिएको छ । त्यसका लागि नेपाल र चीनका अधिकारीहरुले काम गरिरहेका छन् ।

साझा विवेकशील पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपालले प्रस्तुत गर्नुपर्ने केही एजेण्डा सुझाएका छन् ।

१) चीन उदाउँदो विश्व शक्ति हो। छिमेकी देश हामीलाई उसको विश्व राजनीतिक दाउपेचमा उपयोग नगरिदेओस्। असंलग्न परराष्ट्र नीतिमा नेपाल अडिग रहनमा चिन सहयोगी रहोस् भन्नेमा सुनिश्चितता

२) विकशित र समृद्ध नेपाल चीनको पनि हितमा छ भन्ने कुरामा चीनलाई विश्वस्त पार्ने ।

३) नेपालको आर्थिक विकासका लागि चिनको पुँजी र प्रविधिको उपयोगमा राजनीति तहको सद्भाव र सहयोग सुनिश्चित गर्ने। खास गरि पूर्वाधार विकासका लागि प्रविधि हस्तान्तरण मार्फत नेपालको आन्तरिक प्रविधि क्षमता विकासका लागि चीनको उदार सहयोगको सुनिश्चितता।

४) चीनको अर्थतन्त्र र ‘ग्लोवल भ्यालु चेन’मा प्रभावकारी रुपमा नेपाल जोडिन साथै पारवाहनको वैकल्पिक व्यवस्थाका लागि केरुङ–काठमाडौँ रेलमार्गको निर्माणमा चीनको उदार आर्थिक–प्राविधिक सहयोगको सुनिश्चितता।

५) नेपालमा पूर्वाधार, औद्योगिकरण र रोजगारीका लागि चीनको लगानी र बजारको अवसर

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्