जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

साङ्केतिक तस्बिर।

झापा – ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिनका १९ वर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

खड्काले १६ वर्षीया एक किशोरीलाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।

विज्ञापन

पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्