पानीमा डुबेर २ बालिकाको मृत्यु

फाइल तस्बिर

झापा– झापा र इलामको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका – १ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यसैगरी ईलामको माई नगरपालिका–५ रमिते बस्ने जिवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार बिहान १० बजेको समयमा आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाईते भएकी वालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्