१० वर्षपछि पाकिस्तान फर्किएको श्रीलंकासँग विश्व नम्बर एकको क्लिनस्विप हार

लाहोर : श्रीलंकाले पाकिस्तानसँगको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला क्लिन स्विप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा बुधबार राती १३ रनको जित हात पार्दै श्रीलंकाले शृंखला ३-० ले जितेको हो।

पाकिस्तान टीट्वेन्टी वरियतामा शीर्षस्थानको टोली हो। सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकन टोलीमाथी आतङ्कवादी हमलापछि त्यसयता श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थिएन।

बुधबार राती पहिला ब्याटिङ गरेको श्रीलंकाले एक सय ४८ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३४ रनमात्र जोड्न सक्यो।

पाकिस्तानका ह्यारिस सोहेलले ५२ रन बनाए। बाबर आजमले २७ र  सरफराज अहमदले १७ रन बनाए। ओपनर फखर जमान गोल्डेन डकआउट भएका थिए। त्यसअघि श्रीलंकाको पालीमा ओसाडा फर्नान्डो एक्लैले ७८ रन बनाएका थिए।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्