विवाह गर्न नमानेकी युवतीलाई जिउँदै जलाइयो

सांकेतिक तस्बिर

भारतको केरलामा एक युवतीलाई विवाह गर्न नमानेको भन्दै जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार १७ वर्षकी युवती देविकालाई उसका नातेदार समेत रहेका २६ वर्षका मिधुनले जिउँदै शरीरमा आगो लगाएर हत्या गरेका छन् ।

युवतीलाई जिउँदै जलाएर हत्या गरेका मिधुनले आफ्नै शरीरमा पनि आगो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । शरीरमा आगो लागेपछि घाइते भएका दुवैजनालाई अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उनीहरुको मृत्यु भयो ।

देविकालाई बचाउन पुगेका उनका बुवा समेत यो घटनामा जलेर घाइते भएका छन् । प्रहरीका अनुसार मिधुन देविकासँग विवाह गर्न चाहन्थे तर परिवारले स्वीकारेन । परिवारले इन्कार गरेपछि पनि मिधुनले माननेन् विवाद प्रहरीसम्म पुग्यो ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि मिधुनले देविकालाई विवाहको कुरामा नसताउने सहमति गरे । त्यसको केही दिनपछि अचानक मिधुन देविकालाई भेट्न उनको घर पुगे तर देविकाका बुवाले रोके ।

जब देविका घर बाहिर आइन् मिधुनले देविकाको शरीरमा पेट्रोल छर्केर आगो लगाए त्यसपछि उनले आफ्नै शरीरमा पनि पेट्रोल छर्केर आगो लगाए । घटनामा दुवैको मृत्यु भयो ।

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्