पार्किङ गरिएका ९ वटा मोटरसाइकलमा आगजनी

जनकपुरधाम – धनुषामा पार्किङ गरिएका ९ वटा मोटरसाइकलमा आगजनी भएको छ । जनकनन्दनी गाउँपालिका वडा नं. ३ महुवामा एल्वेसटरको छानामुनी पार्किङ गरेर राखेको ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

बुधबार राति पार्किङ गरेको अवस्थामा आगजनी भएपछि मोटरसाइकल जलेर नष्ट भएका छन् । घटना सम्बन्धमा छानबिन भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

विज्ञापन

उनका अनुसार मोटरसाइकल जलेको ठाउँमा विद्युतको तारहरु समेत झरेको छ ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्