‘चीनले कश्मीरबारे कुरा उठाउँदा भारतले हङकङ र तिब्बतको कुरा किन नउठाएको?’

फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला चीनले जम्मू–कश्मीरमा संयुक्त राष्ट्रको नियमको पालना हुनपर्ने बताएपछि भारतमा विवाद भइरहेको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिंगको भारत भ्रमण भन्दा पहिले चीनको यो भनाइबारे भारतमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका हुन् ।

कांग्रेस सांसद मनीष तिवारीले यसबारे केन्द्र सरकारलाई प्रश्न गरेका छन् । तिवारीले सोधेका छन् ‘भारतले पनि किन चीनसँग तिब्बत, हङकङका बारेमा कुरा उठाउँदैन?’

‘यदि सी जिनपिंग भनिरहेका छन् कि उनको नजर जम्मू–कश्मीरमा छ भने हाम्रा प्रधानमन्त्री या विदेशमन्त्रालायले किन भन्दैन कि भारत हङकङमा लोकतन्त्रको विषयलाई लिएर भइरहेको प्रदर्शन हेरिरहेको छ, तिवारीले सामाजिक सञ्जालमा सोधेका छन् ‘शिंजियांगमा भइरहेको मानवाधिकारको उल्लंघन र तिब्बतको स्थिति पनि भारतले हेरिरहेको छ, हाम्रो सरकराले किन भन्न सक्दैन?’, तिवारीले सामाजिक सञ्जालमार्फत सोधेका छन् ।

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्