दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

झापा– इलाम र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ।

इलामको फाकफोकथुम गाउँपालिका–६ सिमसारा बस्ने ४४ वर्षीया सरिता राईको बारीको कान्लाबाट लडेर मृत्यु भएको हो।

विज्ञापन

बुधबार राति ८ बजेको समयमा घर नजिकै बारीको कान्लाबाट लडेर मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले राईलाई मृत अवस्थामा फेला पारेको थियो।

मृतक राईको कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल इलाम पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यसैगरी सुनसरीको इटहरी उप–महानगरपालिका–९ का ४५ बर्षीय कृष्ण कुमार चौधरीको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ।

बिहीबार बिहान पौने ६ बजेको समयमा आफ्नै तीन तले घरको छतबाट लडेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्