फरार कसुरदार पक्राउ

वीरगञ्ज– अदालतबाट नौ महिनाको कैद सजाय पाएका एक जना फरार कसुरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अदालतबाट सजाय पाएर फरार रहँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने चन्दु हजरालाई पक्राउ गरेको हो।

विज्ञापन

हजरालाई पर्सा जिल्ला अदालतले गत भदौ ३१ गते फैसला सुनाउँदै घर वहाल भरीभराउ मुद्दामा नाै महिना कैद सजाय तोकेकोमा उनी फरार रहँदै आएका थिए।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा हजरालाई आफ्नै गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका हजरालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्