काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । सीको भ्रमणको तयारी लगभग सकिएको सरकारले बताएको छ ।

चिनियाँ राष्ट्रपति सी आउँदो शनिबार नेपाल आउने छन् । सी को स्वागतका लागि काठमाडौँका सडक चिल्ला पारिएका छन् । बोट बिरुवा तथा फूलहरु लगाइएका छन् ।

बाटो छेउका खम्बाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङका तस्बिरहरु लगाइएका छन् । चिनियाँ राष्ट्रपति सी आइतबार स्वदेश फर्किने छन् ।