नगदसहित गेष्टहाउसबाट ६ जुवाडे पक्राउ

फाइल तस्बिर

मोरङ– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित बसपार्कबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति ९ बजे बसपार्कस्थित योगेन्द्र गिरीको घरमा जुवाको खालबाट प्रहरीले इटहरी ९ का राम गिरी, सरोज राउत, सरोज बोहरा, केशव बस्नेत, महेश राजवंशीलाई ६ बुक तास र ३ लाख ६५ हजार ६ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो।

विज्ञापन

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार सूचनाका आधारमा ४० वर्षीय योगेन्द्र गिरीसहित घरमा रहेको सिटी गेष्ट हाउसबाट उनीहरुलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएकाहरुमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्