नक्कली प्रहरी बनेर व्यापारी तर्साउने पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– आफू घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरुलाई ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लोहारपट्टी नगरपालिका वडा नं. ९ खुट्टा पिपरारीका जयप्रकाश मण्डल रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। मण्डललाई बुधवार साँझ मटिहानी बजारबाट पक्राउ गरिएकाे हाे।

विज्ञापन

उनले सिमावर्ती क्षेत्र मटिहानीमा आफू प्रदेश प्रहरीको घुमुवा रहेको भन्दै व्यापारीहरुलाई तर्साउँदै हिडेको सूचना एक जना व्यापारीले दिएपछि महोत्तरी प्रहरीले २८ वर्षीय जय प्रकाश मण्डललाई नियन्त्रणमा लिएको बताए।

पक्राउ परेको मण्डललाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्