सिरियामा आक्रमणका लागि टर्कीलाई स्वीकृति नदिएको अमेरिकी दाबी

टर्कीले सिरियामा सैन्य अभियान तीव्र पारेको छ । कुर्दिस लडाकुको नियन्त्रणमा रहेको क्षेत्रमा टर्किस सेनाले गएको बुधबारदेखि कारवाही सुरु गरेको हो ।

कुर्दिसलाई साथ दिँदै आएको अमेरिकाले टर्कीलाई सैन्य कारवाहीका लागि स्वीकृति दिएको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको उत्तरी सीमा क्षेत्रमा तैनाथ सेना फिर्ता बोलाउने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

विज्ञापन

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भने टर्कीलाई सिरियामा आक्रमणका लागि अमेरिकाले स्वीकृति नदिएको बताएका छन् । तर उनले सेना फिर्ता बोलाउने ट्रम्पको निर्णयको बचाउ गरेका छन् ।

आतंकवादीको करिडोर सिर्जना हुनबाट रोक्नका लागि कारवाही अभियान सिर्जना गरेको टर्कीका राष्ट्रपति रिसेप तैयिप एर्डोगानको दाबी छ । तर आक्रमणको निशानामा आदिबासी कुर्दिस समुदाय परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्