हुम्लाको सार्किबाडामा जिप दुर्घटना हुँदा ६ जना घाइते

हुम्ला – हुम्लाको सार्किबाडामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खार्पुका लागि छुटेको लु २ प २२६७ को जिप दुर्घटना हुँदा चार महिला र दुई बालक घाइते भएका हुन् ।

जिपमा तीन बालबालिकासहित १५ जना सवार थिए । घाइते हुनेमा रीमा जेठारा, असकला जेठारा, हजेली जेठारा र कमला टमटा हुन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । बाटो छेउमै जिप पल्टिएको हो ।

असोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्