केटी जिस्क्याएको आरोपमा खुर्पा प्रहार, पाँचजना घाइते

सांकेतिक तस्बिर

भोजपुर– भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँचजना घाइते भएका छन्।

बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार भएकाे हाे।

विज्ञापन

घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्