रणबीर कपूरको चलचित्र ‘शमशेरा’को ‘लुक’ लिक

एजेन्सी– बलिउड अभिनेता रणबीर कपूर यतिबेला आफ्नो आगामी चलचित्र ‘शमशेरा’को शुटिङमा व्यस्त छन्। फिल्मको सेटबाट उनको लुक लिक भएको छ।

यतिबेला उनकाे लुक लिक भएकाे फोटो सामाजिक सञ्जालमा भाइरल छ। रणबीरले दाह्री बढाएका कारण उक्त फोटोमा उनलाई चिन्न मुस्किल हुन्छ।

विज्ञापन

यसअघिका कुनै पनि चलचित्रमा रणबीरको यस किसिमको हुलिया थिएन। रणबीर उक्त फोटोमा ग्रामीण पोशाकमा देखिन्छन्। अन्य व्यक्तहरुसमेत साधारण पोशाकमा देखिएका छन्।

यसअघि रणबीरले पीटीआईलाई दिएको अन्तर्वार्तामा शमशेरा डाँकूको कथा नभएको तर सन् १८०० तिरको कथा भएको बताएका थिए।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्