रोनाल्डो रियल मड्रिडमै बसेको भए हुने : मेस्सी

क्रिष्टियानो रोनाल्डो स्पेन अर्थात रियल मड्रिडमै रहुन् भन्ने आफ्नो चाहना रहेको लियोनल मेस्सीले खुलाएका छन् । रोनाल्डो अघिल्लो वर्ष रियल मड्रिडमा ९ वर्षको यात्रा टुंग्याउँदै इटालियन क्लब युभेन्टस गएका हुन् ।

रोनाल्डो अरु कुनै क्लब नगई रियल मड्रिडमै रहुन् र प्रतिस्पर्धा प्रत्यक्ष रुपमा जारी रहोस् भन्ने आफ्नो चाह रहेको मेस्सीले बताएका हुन् । ९ वर्ष रोनाल्डो रियल मड्रिडमा रहँदा एल क्लासिकोको मुख्य केन्द्रमा रोनाल्डो र मेस्सी नै रहने गरेका थिए ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्