इरानले पक्राउ गरेका रुसी पत्रकार रिहा

एजेन्सी– इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ। इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ वर्षीया युलिया युजिक तेहरानमा गत हप्ता पक्राउ परेकी थिइन्।

उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन्। तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ।

विज्ञापन

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ।

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो। युलियाले न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन्।

उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा ‘बेस्लान शब्दकोश’सहित दुई पुस्तकहरू लेखेकी छन्।

यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो। जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्