युवतीको अपहरणमा संलग्न तीनजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रहरीले सिरहाबाट युवती अपहरण गरेकाे आराेपमा तीनजनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं ९ का २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र २२ वर्षीय नथुनी भनिने चतुरानन्द यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

विज्ञापन

बुधबार राति दसैँको मेला हेरेर फर्कने क्रममा युवतीलाई पाँच जना मिलेर अपहरण गरेका थिए। अपहरण गर्नेहरुमा तीनजना प्रहरीको नियन्त्रणमा रहेको छन् भने दुई जना अझै फरार रहेको सिरहा प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिकाको मुसहर्नियाबाट युवतीलाई अपहरण गरिएको थियो। अपहरणमा परेकी युवतीलाई प्रहरीले बिहिबार बिहान सकुशल उद्धार गरेको छ।

अपहरणमा संलग्न रहेकोलाई तीन जनालाई पक्राउ गरी सिरहा प्रहरीले आजै सार्वजनिक गरेको छ।

बीआर ३२ पी ए ४२६२ नम्बरको भारतीय जीपबाट अपहरण गरेर लगिरहेको अवस्थामा सिरहा नगरपालिका ९ गुलरीया चौकबाट युवतीलाई सकुशल उद्धार गरेर तीनजनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

फरार रहेका दुई जनाको खोजी भइरहेको उनले बताए। साथै पक्राउ परेकाहरुको साथबाट प्रहरीले आठ राउण्ड गोली र तीन सय पिस नाइट्राेभेट लागुऔषधसमेत बरामद गरेको छ।


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

अशोज २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्