अमिताभ बच्चनलाई छोरी स्वेताको शुभकामना, ‘तपाई चुचुराेमा पुगे पनि अझै उक्लिरहनुस्’

अभिनेता अभिताभ बच्चनले ७७ औँ जन्मदिन मनाएका छन्। उनले आफ्नो ७७ औँ जन्मदिन सारै सुन्दर भएको र सुभेक्छा दिने सबै फ्यानहरुप्रति आभारी भएको बताएका छन्। उनले आफ्नो जीवन सुन्दर बनाउन सहयोग गर्नेहरुप्रति भावनात्मक सन्देश लेखेका छन्।

उनले सबैलाई व्यक्तिगत रुपमा धन्यवाद दिन नसके पनि हरेक शुभकामना आफ्नो मनमा रहने बताएका छन्। अन्त्यमा उनले लेखेका छन्, ‘मेरो माया तपाईहरुलाई र धेरै धेरै धन्यवाद।’

विज्ञापन

उनको यो ट्वीटमा २२ हजार लाइक आएका छन्। सँगै उनका फ्यानहरुले उनका डायलग, कविता र चलचित्रका तस्बिरहरुले रिप्लाई गरेका छन्।


यस्तै अमिताभ बच्चनकी छोरी स्वेता बच्चन नन्दाले पनि बाबु अमिताभलाई शुभकामना दिएकी छन्। उनले अमिताभसँगको दुर्लभ तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जब तपाई हिमालको शिखरमा पुग्नुहुन्छ, अझै उक्लिनै रहनुहोला। जन्मदिनको शुभकामना बाबा म हजूरलाई सधैँ माया गर्छु।’

अशोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्