नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपतिको लेख

हिमालय वारीपारीको उन्नति र मित्रतातर्फको यात्रा

म छिट्टै नेपाल आउँदैछु, राष्ट्रपति विद्यादेवीको निमन्त्रणामा । यो मेरो पहिलो यात्रा भए पनि नेपाल मेरा लागी अपरिचित ठाउँ हैन । धेरै पहिला देखि नै नेपाल जाने इच्छा थियो मेरो, त्यहाँका विशाल हिमाल नदीनाला र विशिष्ट संस्कृतिलाइ आफ्नै आँखाले नियाल्न ।

मैले विभिन्न अवसरमा चीन आएका धेरै नेताहरुसँग भेटघाट गरेको छु र उनीहरुसँम मित्रता गाँसेको छु । म यो आकर्षक भूमिमा टेकी मित्रता नवीकरण गर्न र नेपाली मित्रहरुसँग सहयोगको सम्भावना अघि बढाउन आतुर छु । हामी दुई देश मिलेर दुई पक्षीय सम्बन्धको नयाँ खाका बनाउन सक्छौँ भन्ने आशा मैले गरेको छ ।

विज्ञापन

हिमाल र नदीहरुले जोडेका निकट छिमेकी हुन् नेपाल र चीन । दुई बीचको मित्रता धेरै पुरानो छ । १६०० वर्ष भन्दा अघि चिनियाँ भिक्षु फाई यान र नेपाली भिक्षु ब्रम्हभद्र एक अर्काको मुलुकमा गई मिलेर बुद्ध धर्मग्रन्थहरुलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए। आज सम्म उनीहरुले गरेको अनुवाद प्रभावकारी रही आएको छ ।

चीनको टांग बंस (६१८–९०६) मा नेपालकी राजकुमारी भृकुटीको विवाह भएको थियो तिब्बती राजा श्रङचङ गम्पोसँग । चिनियाँ भिक्षु हुएन सांगले बुद्धको जन्मथलो लुम्बिनी भ्रमण गरी आफ्नो तीर्थयात्राबारे बहुमुल्य कीर्तिहरु लेखेका थिए । युआन वंश (१२७१–१३६८) का समय प्रख्यात नेपाली कलाकार अरनिकोको नेतृत्वमा एउटा टोली चीन पुगी सेतो स्तुपा निमार्णको नेतृत्व सम्हालेका थिए वेइजिङको मैयाङमा । चीनका अन्य भागमा पनि सुन्दर निमार्ण कार्य गर्यो त्यो टोलीले ।

हाम्रा अतीततका केही सहकार्यका नमुना हुन यी जसले चीरकालीन मित्रतालाई प्रेरित गरेका छन् दुई मुलुकका जनताबीच । चीन र नेपालले सन १९५५ मा कुटनीतिक सम्बन्ध स्थापित गरे यता हाम्रा दुई मुलुकले एक अर्काे प्रति आदर, विश्वास र समर्थन देखाएका छन् समानता, मित्रता र आपसी लाभका सहयोगका उदाहरण प्रस्तुत गर्दै ।

चीन र नेपाल असल मित्र हुन जुन आपसी विश्वास र आदरबाट निर्देशित छन्


शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त अनुरुप हामीले सफलतापूर्वक आफ्ना सीमा निर्धारित गरेका छौँ । विशाल हिमालय श्रृङ्खलालाई हामीले दुई देश बीचको मित्रताको प्रतिक बनाएका छौँ । हाम्रा मुख्य हितमा हामी एक अर्कालाई समर्थन गर्छाैँ ।

नेपाल एक चीन नीतिको पक्षमा दरिलोसँग उभिएको छ र चीनविरुद्धमा कुनै शक्तिलाई नेपाली भूमि प्रयोग गर्न उसले निषेध गरेको छ । चीनले उसको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र भू–अखण्डतासँगै राष्ट्रिय यर्थाथमा आधारित विकास पथ अगाल्न नेपाललाई त्यत्तिकै दरिलोसँग समर्थन गरेको छ ।

चीन र नेपाल स्वभाविक फाइदाका सहयोगमा राम्रा साझेदार हुन्


नेपाल चीनको महत्वपूर्ण व्यापार तथा विकाश साझेदार हो दक्षीण एसियामा । दुई पक्षीय व्यापार १ –१ अर्ब डलरको हाराहारीमा छ भने नेपालमा चिनियाँ लगानी गत वर्ष ३० करोड डलर भन्दा माथि पुगेको थियो । नेपाल ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ मा सक्रिय साझेदार हो । नेपाल राजमार्ग निमार्ण र विस्तार, वन्दरगाह, विमानस्थल र उर्जा परियोजना जस्ता कैयौँ भौतिक पूर्वाधार निमार्णमा चीनसँग सहकार्य गरीरहेको छ । हिमालवारीपारी सम्पर्क सञ्जालले दुई देश मात्र हैन समग्र क्षेत्रलाई नै फाइदा पुर्‍याउने छ ।

जनस्तरको आदानप्रदानबाट असल छिमेकी राष्ट्र चीन र नेपालले फाइदा उठाइरहेका छन् । लुम्बिनीस्थित चिनियाँ बुद्धिष्ट गुम्बा ‘झोङ हुआ’ हाम्रो धार्मिक र सांस्कृतिक अन्तरक्रियाको एउटा प्रतिकका रुपमा उभिएको छ । दक्षिण एसियामा चीनले उसका नागरिकका लागि अनुमोदन गरेको गन्तव्यस्थलका रुपमा नेपाल पहिलो मुलुक हो ।

दुई देशबीच प्रत्येक हप्ता ६० हवाई उडान छन् र प्रतिवर्ष करिब ३ लाख व्यक्तिहरु एक आर्काे मुलुक पुगेका छन् । दुई तिर गरी ११ ‘भगिनि’ सम्बन्धका शहरहरु छन् । आदान प्रदानको यो बढोत्तरीको सिलसिलाले हाम्रा नागरिकलाई निकट ल्याउनुका साथै दुवै मुलुकको विकाशलाई तिव्रता दिएका छन् ।

चीन र नेपाल असल दाजुभाइ हुन् जो सधैँ एक अर्काको लागि उभिएका छन्


सन २००८ मा विनाशकारी भूकम्प बेनचुआन जाँदा नेपाल सरका र जनताले उद्धार र राहत सँगै उदार सहयोग पुर्‍याएका थिए । त्यसरी नै सन २०१५ मा नेपालमा गएको भूकम्पमा चिनियाँ सरकार र जनता नेपालमा वृहत उद्धारमा उत्रेका थिए । भूकम्पपछिको पुननिर्माणमा चीन संलग्न रहीआएको छ । यी चम्किला उदाहरण हुन् चीन र नेपाल कसरी दाजुभाइ जसरी अघि बढेका छन् भन्ने सावित गर्न ।

नेपाल सरकार र जनता ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा अगाडि बढाउन लागिपरेका छन् भने चीन सरकार त्यहाँका जनता ‘टु सेन्टेनरी गोल्स’ (दुइवटा सय वर्ष) सफलताका लागि जुटेको छ । दुई देशका जनताको आकांक्षा र भविष्य निकटसँग जोडिएको सन्दर्भमा समयको माग अनुसार चीन र नेपाल जुट्नु र असल भविष्यका लागि सहयोग बढाउनु स्वभाविक हो । सहकार्यबाट दुई मुलुक यसरी अगाडि बढ्न सक्ने छन् ।

रणनीतिक सञ्चारलाई थप प्रगाढ बनाउनु रणनीतिक र दीर्घकालिन अवधारणासहितको मार्गचित्र मार्फत दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आवश्यक छ । हामीले उच्चस्तरीय आदान प्रदान, राजनीतिक तहको विश्वासमा बढोत्तरी र अर्कासँग सरोकार राख्ने महत्वपूर्ण विषयमा एक अर्कालाई समर्थन गर्नुपर्ने हुन्छ । शासन र विकाशमार्पत जनतालाई फाइदा पु¥याउन अनुभव आदान प्रदान प्रभावकारी हुन सक्छन् ।

व्यवहारिक सहयोग विस्तार गरौँ


हिमालय वारीपारी बहुआयामिक सम्पर्क सञ्जाल निमार्णमा हामीले थप प्रयास गर्न आवश्यक छ । चीनले नेपालमा चार प्राथमिक क्षेत्रमा चिनियाँ लगानीलाई समर्थन गर्दछ । ती हुन् व्यापार र लगानी, भूकम्प पश्चातको पुननिर्माण, उर्जा, पर्यटन ।

त्यस्तै चीन दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपोमा नेपालको सहभागितालाई स्वागत गर्दछ । यसबाट नेपालका विशेष उत्पादनको चीनमा निर्यातलाई प्रोत्साहित गर्न सहज हुनेछ । त्यो सँगै भूकम्पपछिको पुननिर्माण मार्फत हरसम्भव सहयोगबाट नेपाली जनताको जीवनस्तर उकास्न चीन लागि नै रहने छ ।

जनताबीचको आदान प्रदानमा विस्तार


शिक्षा, युवा र पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्दै हाम्रा विमान सेवालाई थप सिधा उडानहरुमा दुईतर्फका यात्रा बढाउनु आवश्यक छ । भ्रमण वर्ष २०२० लाई चीन समर्थन गर्दछ, र नेपाल भ्रमण गर्न उसले धेरै चिनियाँहरुलाई प्रोत्साहित गर्नेछ ।

प्रतिभाशाली युवा नेपालीहरुलाई चीनले अझ बढी सरकारी छात्रवृत्ति प्रदान गर्दै नेपालको विकाशलाई आवश्यक थप व्यवसायिहरुलाई तालिम दिने छ । नेपाली विद्यार्थीहरुलाई चीनमा स्वागत गर्न चीन उत्सुक छ ।

सुरक्षा सहयोग बढाऔँ


चीन नेपालमा कानुन कार्यान्नयन क्षमता अभिवृद्धिमा समर्थन गर्दछ । त्यसका लागि कानुन कार्यान्नयन तालिम सहयोग दिन उ इच्छुक छ । अन्तराष्ट्रिय अपराधविरुद्ध प्रभावकारी ढंगले लड्न सीमा सुरक्षा निकायबीच सम्पर्कको स्तरवृद्धि गर्न आवश्यक छ ।त्यसले हाम्रा नागरिकहरुको सुरक्षा र अवरोधरहित व्यापारमा सहगोग पुर्‍याउनेछ । त्यस्तै पारस्परिक भ्रमण, कर्मचारी तालिम, उपकरण र प्रविधि सृदृढ गर्न पनि आवश्यक छ ।

नेपालीमा उखान छ ‘थोपा थोपाले घैँटो भरिन्छ’ ।त्यस्तै चिनियाँ उखान छ ‘आगोमा सबैले दाउरा थपे ज्वाला आकासिन्छ’ । म विश्वस्त छु कि हामी दुई मुलुकले मित्रताको हाम्रो परम्परालाई अगाडि बढाउँदै आदान प्रदान र सहयोग अगाडि बढाएमा हाम्रो मित्रतालाई हिमालमाथिबाट पारी लैजान हामी सक्षम हुनेछौँ ।

(आफ्नो राजकीय भ्रमणको पूर्वसन्ध्यामा ‘द राइजिङ नेपाल’ मा प्रकाशित चीनका राष्ट्रपति सी जिनपिङको लेखको अनुवाद )

अशोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्