दीपिकाले जलाइन् ‘प्रोस्थेटिक’ मेकअप

बलिउड अभिनेत्री दीपिका पादुकोणले चलचित्र ‘छपाक’ को शुटिङ सकिने बित्तिकै अनुहारमा प्रयोग गरिएको ‘प्रोस्थेटिक’ मेकअपलाई जलाएकी छन्। उनले शुटिङका समयमा एसिड अट्याकका भूमिकाका लागि ‘प्रोस्थेटिक’ मेकअफ प्रयोग गरेकी थिइन्।

‘छपाक’ चलचित्रमा उनी एसिड अट्याक सर्वाइवर लक्ष्मी अग्रवालको जीवनमा घटेको सत्य घटनामा आधारित भूमिकामा देखिएकी छन्। दीपिकाले भारतिय सञ्चार माध्यमसँग कुरा गर्दै भनिन् ‘शुटिङ सकिएपछि शुटिङसँग जोडिएका केही न केही बस्तु आफूँसँग राखिन्छ यादका लागि। तर मैले आफ्नो मेकअप हटाएपछि उक्त मेकअप जलाए।’

उक्त चलचित्रको शुटिङ जुन २०१९ मा सकिएको थियो। छपाक चलचित्रमा दीपिका मालतीको भूमिकामा छिन् । दीपिकासँगै उक्त चलचित्रमा विक्रान्तको पनि भूमिका रहेको छ। छपाक चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेकी छन् ‘अमोल र मालतीलाई आफूसँगै राख्छु।’

उक्त चलचित्र १० जनवरी २०२० मा रिलिज हुने भएको छ।  यस्तै दीपिका इन्डियन क्रिकेट टिम १९८३ को क्रिकेट वल्र्ड कप जीतमा बनिरहेको चलचित्र ‘८३’ मा पनि देखा पर्ने छिन्।

असोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्