महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौँ– महालक्ष्मी विकास बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंक संचालक समितिले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७.८९ प्रतिशत लाभांश दिने घोषण गरेको हो।

महालक्ष्मी विकास बैंकले ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

विज्ञापन

उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने बैंकले हालसम्म करिब ३२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार महालक्ष्मीले गत आर्थिक वर्ष २०७५/ ७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको हो।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १ सय २ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ।

अशोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्