एनआईसी एशिया बैंकले बुझायाे सरकारलाई १० अर्बभन्दा बढी राजश्व

काठमाडौँ– एनआईसी एशिया बैंकले सरकारलाई १० अर्ब आठ करोड रुपैयाँ राजश्व बुझाएको छ।

बैंकले वार्षिक साधारणसभा सम्पन्न गर्नुका साथै सेयरधनीलाई लाभांश वितरण गरेपछि गत आर्थिक वर्ष सरकारलाई तिरेको राजस्वकाे तथ्याङ्क सार्वजनिक गरेको हो।

विज्ञापन

८ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १ अर्ब ८५ करोड रुपैयाँ लाभांश बाडेको बैंकले जनाएको छ। लगानीकर्तालाई दिएको लाभांशभन्दा सरकारलाई तिरेको राजश्व ५४९ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ।

बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले नेपाल सरकारलाई बैंकको नाफामा लाग्ने कर, सेयरधनीको लाभांशमा लाग्ने कर, कर्मचारीको आयमा लाग्ने कर, व्याज आम्दानीमा लाग्ने कर, अफिस भाडा कर लगायत विभिन्न शिर्षकमा लाग्ने कर संकलन गरी गत आर्थिक वर्षमा मात्र १० अर्ब ८ करोड रुपैयाँभन्दा बढी राजश्व भुक्तानी गरेको बताए।

बैंकले वित्तिय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका पनि उनले बताए। उनले भने, ‘वित्तीय पहुँच वृद्धिका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान दुर्गम क्षेत्रमा गएर वित्तीय सेवा पनि दिएका छौँ। कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छाैँ।’

अशोज २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्