सी को सवारी मार्गमा पुराना गाडी नचलाउन आग्रह

काठमाडौँ – चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छन् । उनको भ्रमणको सबै तयारी पूरा भएको र अब स्वागतका लागि पर्खाई गरिएको सरकारले बताएको छ ।
सी को भ्रमणका बेला ट्राफिक व्यवस्थापको जिम्मा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाएको छ । महाशाखाले शनिबार आइतबार रिङरोड भित्र ठूला मालवाहक सवारी साधन नचलाउन आग्रह गरेको छ ।
यस्तै सी को मुख्य सवारी मार्गको सट्टा अरु वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको हो ।
अनावश्यक सवारी साधानको प्रयोग नगर्न, सी को सवारी मार्गमा पुराना तथा अवस्था राम्रो नरहेका सवारी साधन नचलाउन, हर्न अत्यावश्यक बाहेको अवस्थामा नबजाउन, ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न पनि महाशाखाले आग्रह गरेको छ । शनिबार बेलुका पाँच बजे नेपाल आइपुग्ने चिनियाँ राष्ट्रपति सी आइतबार दिउँसो स्वदेश फर्किने छन् ।