दुई विशेष विमानसहित चिनियाँ राष्ट्रपति सी भ्रमण टोली काठमाडौंमा

विशेष विमानमा त्रिभुवन विमानस्थलमा चिनियाँ राष्ट्रपति सी जिन पिङ।

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन पिङ दुई विशेष विमानमा त्रिभुवन विमानस्थलमा आइपुगेका छन्।

विज्ञापन

पहिलो विमान अवतरण गरेको ४२ मिनेटपछि राष्ट्रपति सी जिन पिङको विमान ४ बजेर ५१ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

भारतको चेन्‍नइबाट भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीसँगको दुइ दिने अनौपचारिक शिखर वार्तापछि उनको टोली सिधै काठमाडौं उडेको हो।

 

तस्बिरहरु- बर्षा शाह/सुलभ श्रेष्ठ

अशोज २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्