विवाह समारोहमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकाको न्यू हेम्प्सरमा विवाह समारोह भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको छ । स्थानीय चर्चमा विवाह समारोह भइरहेका बेला शनिबार बन्दुकधारीले गोली चलाउँदा दुईजना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

आक्रमणकारीलाई विवाहमा आएका पाहुनाले समातेका थिए । त्यसपछि प्रहरीले ती आक्रमणकारीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरीले घाइते तथा आक्रमणकारीले परिचय तत्कालका लागि खुलाएको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

असोज २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्